भिख मागेरै १२ करोड जम्मा गरेका ‘विश्वकै सबैभन्दा धनी भिखारी’


बिहान बेलुकाको खाना खान नपाएर र बस्ने बास नहुँदा मानिसहरु माग्न बाध्य हुन्छन् । तर सडकमा माग्दै आफ्नो जिविकोपार्जन गर्ने मानिसहरु पनि करोडौँ सम्पत्तीको मालिक छन् । करोडौँको मालिकले पनि किन माग्दै हिड्छन् र भन्ने धेरैको मनमा जिज्ञाशा आउनसक्छ । तर, भारतका एक व्यक्ति मागेर नै करोडौँ रकम जम्म गर्न सफल भएको छ । उनलाई ‘विश्वकै सबैभन्दा धनी माग्ने’ समेत घोषणा गरिएको छ ।

भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने भरत जैन ‘विश्वकै सबैभन्दा धनी माग्ने’ हुन् । उनीसँग १२ करोड बढी सम्पत्ति रहेको छ । सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ ।

जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा वर्षदेखि माग्दै आएका छन् । ती क्षेत्रमा माग्दा उनले दिनको २ हजार देखि २५ सय भारु बचाउन सक्छन् ।

ती पैसालाई जम्मा गर्दा उनीसँग साँढे सात करोड रुपैयाँ छ । जुन नेपाली रुपैयाँमा झण्डै १२ करोड हुन आउँछ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

यसरी मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

भरत जैनले पढेका छैनन् । आफू नपढेकै कारण मागेरै आफ्नो जीवन चलाउन निर्णयमा उनी पुगेका थिए । तर मागेर नै उनले करोडौँको सम्पत्ती जोडेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । तर उनले मागेपछि उनका छोराछोरी भने माग्ने काममा संलग्न छैनन् ।

उनीहरु सबैले आफ्नो शिक्षा पूरा गरिसकेका छन् र जागिर खाइसकेका छन् । जैनको परिवारले उनलाई माग्न छोड्न धेरै पटक भनिसकेका पनि छन् तर उनी प्रत्येक दिन बाटोमा माग्न बस्छन् ।