काठमाडौँ- टेलिशृंखलाकी अभिनेत्री देवोलिना भट्टाचार्जी आमा बनेकी छिन्। बुधबार उनले एक पुत्रलाइ जन्म दिएकि छिन् । देवोलिनाले आमा बनेपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेकी छिन्। जसमा उनी र उनका श्रीमान शाहनवाज शेखले अभिभावक बनेको खुसी साटेका छन्।
उनले लेखेकी छिन् नमस्ते हाम्रो नयाँ पाहुना छोरा हुन्, उनले २ वर्षअघि शाहनवाज शेखसँग विवाह गरेकी थिइन्। उनीहरूले कानुनी विवाह गरेका थिए। देवोलिना साथ निभाना साथिया टेलिशृंखलाबाट चर्चामा आएकी हुन्। उनी गोपी बहुको नामले चर्चित छिन्।
प्रतिक्रिया