नायिका बेनिशा हमालले चाडै नै सामाजिक संजालमा फर्किने बताउँदै केही समयका लागि भने विश्राम लिन लागेको जानकारी दिएकी छिन् । सामाजिक संजालमा एउटा स्टाटस पोष्ट गर्दै बेनिशाले आफू केही समय सामाजिक संजालबाट विश्राम लिने निर्णयमा पुगेको भन्दै आफूलाई अन्य माध्यममा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।
बेनिशाका अनुसार, उनी एउटा प्रोजेक्टमा काम गर्दैछिन् । सोही प्रोजेक्टमा काम गर्नका लागि सामाजिक संजालबाट उनले विश्राम लिन लागेकी हुन् । करिब दुई सातापछि आफू फेरि संजालमा फर्किने उनको भनाई छ ।
नायिका हमालका अनुसार, सामाजिक संजालले पनि काममा प्रभाव पारिरहेको हुन्छ । यसैले, मानसिक रुपमा समेत शान्त रहेर काम गर्न आवश्यक छ । यसका लागि ध्यानमा बसे जस्तै सामाजिक संजालबाट पनि विश्राम लिन आवश्यक छ ।
नायिका हमालले कुन प्रोजेक्टमा काम गर्न लागेकी हुन्, त्यो भने खुलाएकी छैनन् । उनको नयाँ फिल्म ‘कल्ली र मोहर’को भने छायांकन हुन नै बाँकी छ ।
प्रतिक्रिया