अमेरिकामा रहेकी नायिका नन्दिता केसीले छोरालाई जन्म दिएकी छिन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै उनले डिसेम्बर १८ तारिख अर्थात बुधबार छोरालाई जन्म दिएको जानकारी दिएकी छिन् ।
नन्दिताले गतबर्ष अमेरिकामा नै रहँदै आएका डाक्टर अरविन्द्र कटवालसँग बिहे गरेकी थिइन् । नन्दिताले भदौ महिनामा बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी पनि दिएकी थिइन् ।
नन्दिताका श्रीमान् अरविन्द्र पेशाले डाक्टर हुन् । नेपाली फिल्म क्षेत्रमा कुनै समय राम्रै चर्चा कमाएकी नन्दिताले अहिले भने फिल्मी सक्रियता देखाएकी छैनन् ।
बेलाबखत अमेरिकाबाट नेपाल आएपनि उनले फिल्ममा काम गरेकी छैनन् । बरु, उनले एउटा म्युजिक भिडियोमा भने काम गरेकी थिइन् ।
प्रतिक्रिया