पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु


काठमाडौं- बाराको महागढीमाई नगरपालिका–१ मा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको हो । वडा नम्बर १ मा पर्ने बरियापुर टोलमा बस्ने समिर रायकी २ वर्षीया छोरी अलिशा खातुनको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले बताए ।

डुबेर अशक्त भएकी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको र आवश्यक अनुसन्धान पनि भइरहेको प्रहरीले बताएको को छ ।