काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उनको पेटमा समस्या देखिएको हो। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनको बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराइएको छ ।
डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ।
बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन।
प्रतिक्रिया