रविको ‘हिरासत फोटो’ भाइरल भएपछि कास्कीका एसपीलाई कारबाही


काठमाडौं– कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियालाई प्रहरी हेडक्वार्टर तानिने तयारी भएको छ । गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि हेडक्वार्टरले ओलियालाई कारबाहीस्वरुप काठमाडौं तान्न लागेको हो ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्विर बाहिर आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई फोटो बाहिर ल्याउनेलाई कारबाही गर्न निर्देशन दिएको कुरा बाहिर आएको थियो । प्रहरी प्रमुख कुँवरले नै रवि लामिछाने हिरासतमा सुतिरहेको तस्विर रविकै भएको पुष्टि गरेपछि लेखकले तस्विर बाहिर ल्याउनु गम्भीर सुरक्षा कमजोरी भएको निश्कर्षसहित कारबाहीको लागि सिफारिश गरेका थिए ।

यसअघि लामिछानेलाई बयानको लागि जिल्ला अदालत लगिने क्रममा पनि अदालत परिसरभित्रै मिडियाहरुसँग बोल्न दिएको र सो क्रममा रविले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलेकोमो गृहमन्त्री लेखक आक्रोशित थिए । त्यतिवेला पनि एसपी ओलियालाई कारबाही गर्न भनिएको थियो । अहिलेपनि रवि हिरासतमा सुतेको तस्विर खिच्न दिएर बाहिर ल्याउन दिईएकोमा गृहमन्त्री लेखक रुष्ट छन् ।