समीक्षाको चरित्रहत्या कसले गर्यो ?



गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी छिन् । शनिबार सामाजिक संजालमा उनले लेखेको स्टाटसमा एआई प्रविधिको माध्यमबाट आफ्नो चरित्रहत्या गर्ने कोशिश गरिएको उल्लेख छ ।

सामाजिक संजालमा उनले लेखेकी छिन्–‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखेँ । यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाइहरुको वर्तमान र भविष्य उज्ज्वल हुने थियो । मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन । साइबर व्यूरो जाँदैछु ।’

समीक्षाले चरित्रहत्या कसले गर्यो भनेर खुलाएकी छैनन् । तर, एआइको माध्यमबाट आफ्नो चरित्रहत्या भएको उनको तर्क छ ।
गायिका अधिकारी अहिलेकी व्यस्त कलाकार हुन् ।

जसको माग नेपाल तथा विदेशमा आयोजना हुने स्टेज शोमा छ । उनी कहिले विदेश पुग्छिन् त कहिले नेपालका विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा पुग्छिन् ।

तर, महोत्सवमा पुग्दा पनि कहिलेकाही उनले अनावश्यक रुपमा गालीगलौज भोग्नु परेको छ । समीक्षाले त्यसको खुलेरै प्रतिवाद पनि गर्दै आएकी छिन् ।