रवि लामिछानेसहित पाँच जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।

गत शुक्रबार मात्रै यही मुद्दामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । जसमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी थियो ।

यस्तै आज थप पाँच जनालाई गरेर आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको जिल्ला सहकारी वकिलको कार्यालय, कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।

एक अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएपनि सबै रकमको दायित्व रवि लामिछानेसँग जोडिएको छैन । उनको नाममा प्रवाह भएको ऋण र गोर्खा मिडियामा भएको लगानीमा मात्रै उनी जोडिएकाले उनीमाथिको आरोप त्यसमै सीमित भएको एक प्रहरी अधिकृतले बताए । सम्पत्ति शुद्धीकरणमा रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको छ।