काठमाडौं– काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फालेको भन्दै जरिवाना तिराएको छ । महानगरको वडा नं ४ मा सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई १५ हजार जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ । पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।
प्रतिक्रिया