अमेरिकामा आयोजना भएको ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ कार्यक्रममा नायक अनमोल केसी र नायिका आँचल शर्मा केन्द्रमा रहे । अनमोल उत्कृष्ट नायिका बन्दा आँचल उत्कृष्ट नायिका बनिन् । यी दुई कलाकारले पहिलो पटक फिल्म ‘जेरीः अन टप’मा सहकार्य गरिरहेका छन् ।
तर, अमेरिकामा भने यी दुई कलाकारको केमेष्ट्री रोचक देखियो । अवार्ड समारोहमा अनमोलले फिल्म ‘ड्रिम्स’मा समावेश ‘के यो माया हो’ बोलको गीत गाएका थिए । अनमोलले गीत गाउँदै गर्दा आँचल भने नाँचेकी थिइन् । अनमोल र आँचलको बोन्डिङले धेरैको ध्यान खिच्यो । यो बाट पनि फिल्ममा यी दुइको केमेष्ट्री कती नजिक छ भन्ने वुझ्न सकिन्छ ।
यो समारोहमा नायक शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा नायक प्रदीप खड्का र नायिका केकी अधिकारीलाई ‘पपुलर अभिनेता र अभिनेत्री’को अवार्ड प्रदान गरियो ।
यस्तै, सर्वोत्कृष्ट फिल्म ‘पुजार सार्की’ले पाउँदा यही फिल्मबाट निर्देशक दिनेश राउतले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेका थिए । दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’बाट ‘सर्वोत्कृष्ट लेखन’, यही फिल्मबाट आलोक शुक्लाले ‘सर्वोत्कृष्ट छायांकार’, फिल्म ‘उपहार’बाट मित्र डी गुरुङले ‘सर्वोत्कृष्ट सम्पादक’, प्रमोद अग्रहरिले फिल्म ‘अगस्त्य’बाट ‘सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे ।
यस्तै, ‘जुरी अवार्ड’ ‘बोक्सीको घर’ले प्राप्त गर्यो । फिल्म ‘नाङ्गो गाउँ’बाट एसडी योगीले ‘सर्वोत्कृष्ट पाश्र्व गायक’ र ‘बोक्सीको घर’बाट समीक्षा अधिकारीले ‘उत्कृष्ट पाश्र्व गायिका’को अवार्ड जितिन् । ‘क्रिटिक्स अवार्ड’ भने फिल्म ‘गाउँ आएको बाटो’ले जितेको छ ।
अवार्ड समारोहमा नेपाली कलाकारहरुको राम्रो उपस्थिती थियो ।
प्रतिक्रिया