आफ्नै बुबालाई कुटपिट गरेर हत्या गर्ने छोरा प्रहरीको फन्दामा


काठमाडौं– सिन्धुपाल्चोकमा आफ्नै बुबालाई कुटपिट गरेर छोराले हत्या गरेका छन् ।

मेलम्ची नगरपालिका–१० शिखरपुर ३४ वर्षीय राजाराम बस्नेतले आफ्नै बुबा ५० वर्षीय बुबा यदु बहादुर बस्नेतको हत्या गरेका हुन् । हत्या अभियोगमा प्रहरीले राजारामलाई नियन्त्रणमा लिएको छ ।

राजारामले शनिबार रातिमाथी कुटपिट गरेका थिए । कुटपिटबाट बुबा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका कुटपिटबाट गम्भीर घाइते भएका यदुको उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा ल्याइएको थियो । उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको हो। यदुको शव हाल अस्पतालमा नै राखिएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।