बाँके– जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै बाँकेमा भारतीय नागरिकले ठगी गरेका छन् । ईटाभट्टको जमिनबाट सुन निकाल्ने भन्दै ठगेको आरोपमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका छन् ।
हलवाईले नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको बताउने गरेका थिए । जमिनभित्रको सुन निकालिदिन्छु भन्दै उनले पटक–पटक गरी दुई करोड रूपैयाँ ठगी गरेका थिए । सुन निकाल्ने भन्दै आफूलाई ठगेको थाहा पाएपछि पीडितले प्रहरीलाई उजुरी गरेका थिए । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले हलवाईलाई नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत बाँकेबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया