पोखरा– सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्की लगिएको छ । उनीहरुको अदालतमा थुनछेक बहस चलिरहेको छ ।
सूर्यदर्शन सहकारी ठगीको मुद्दामा भइरहेको उक्त बहसको सुनुवाई न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको छ । न्यायाधीश राई देशभरको सबैभन्दा कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी ३५ वर्षको भएका छन् ।
देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।
कानुनमा स्नातकोत्तर अर्थात् एलएलएम उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका थिए । उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।
रविसँगै अब सबै आरोपितहरूको न्यायधिश राईको इजलासमै बयान हुनेछ । अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।
प्रतिक्रिया