अकैँसँग विहे हुन थालेपछि प्रेमिले यसरी भाँडे ‘गर्लफ्रेन्ड’को बिहे


काठमाडौं– जब जब विवाहको सिजन सुरु हुन्छ । प्रेमिल जोडीमा एउटा चिन्ताले सताउन थाल्छ की कतै आफ्नो प्रेमी वा प्रेमिकाको अन्तै पो विवाह हुने हो की ।

कतिपय जोडीले भने आफ्नो विहेको कुरा घरमा भन्दा नमानेपछि एक अर्कासँग छुट्न बाध्य हुनेगरेका छन् । यस्तै एक प्रेमीले आफ्नो गर्लफ्रेन्डको परिवारले अर्कैसँग विवाह गर्न लागेपछि विवाह नै भाँडिदिएका छन् । उनले जन्त लिएर मण्डपमा पुगिसकेका प्रेमीकाका दुलाहालाई विवाह नै नगरि फिर्ता जान बाध्य पारेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेशस्थित अमरोहामा भएको हो । त्यहाँको मसकपुर मान्जरा गाउँमा विवाह चलिरहेको थियो । विवाहका लागि जन्ति लिएर दुलहा मण्डपमा पुगे। मण्डल पुगेसँगै बेहुलाको मोबाइलमा लगातार म्यासेजको घण्टी बज्न थाल्यो । उनको ह्वाट्सएपमा केही फोटो र भिडियो आएका थिए । त्यसपछि एउटा फोन आयो ।

मिडिया रिपोर्टका अनुसार फोन आएपछि फोनमा कसैसँग कुरा गर्दै बेहुला मण्डपबाट बाहिर निस्किएका थिए । त्यसपछि उनी फेरी विवाहको लागि मण्डपमा बस्न मानेनन् । दुलाहाको यस्तो हर्कत देखेपछि दुबै पक्षका मानिसहरु अचम्ममा परेका थिए ।

पछि सबैले थाहा पाए की मण्डपमा हुँदा बेहुलालाई फोन गर्ने व्यक्ति दुलहीका प्रेमी रहेछन् । उनले फोनमा बेहुली आफ्नो गर्लफ्रेन्ड भएको र आफूले धेरै माया गर्ने गरेको बताएका थिए । उनले ह्वाट्सएपमा दुलहालाई आफ्नो र केटीको केही फोटो र भिडियो पनि पठाएका थिए । तीमध्ये केही फोटो–भिडियो आपत्तिजनक पनि थिए । बेहुली र उनका प्रेमी भने एउटै गाउँको रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

यी सब देखेपछि विवाह गर्न तयार नभएका दुलाहालाई विहेको लागि दुबै पक्षका परिवारले मनाउने अनेकौँ प्रयास गरेका थिए । त्यसपछि पञ्चायत बोलाएर पनि सम्झाउने प्रयास गरिएको थियो । तर बेहुलाले मानेनन् ।

पञ्चायतमा पनि कुरा नमिल्दा प्रहरी बोलाइयो । प्रहरीले दुवै पक्षलाई प्रहरी चौकी बोलायो । तर, दुलहाले आफ्नो निर्णय परिवर्तन गरेन र बीचैमा विवाह रद्द गरेर जन्ती रित्तै फर्किए ।