ब्राजिलमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा विमान दुर्घटनामा परेको हो ।
ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी लुइज क्लुडियो ग्यालेन्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए । पाइटल समेत रहेका उनले परिवारका सदस्यसहित राखेर आफैं विमान उडाइरहेका थिए ।
सानो विमान घरको चिम्नीमा ठोक्किएर खसेको बस्ति भएको ठाउँमा खसेको थियो । दुर्घटनामा परेर पाइलट ग्यालेन्जी, उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यहरुको मृत्यु भएको हो ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । त्यस मध्ये दुईको अवस्था गम्भीर छ ।
प्रतिकूल मौसममा विमान उडेकोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान उडान भरेको केही मिनेटपछि सहरी क्षेत्रमा खस्नुअघि ३ किलोमिटर उडेको बताइएको छ ।
प्रतिक्रिया