वैकल्पिक शक्तिको नाराबाट उदायको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अन्ततः विकल्पको भरमा चल्ने अवस्थामा पुगेको छ । स्थापनाको छोटो अवधिमा उदाएको रास्वपा छोटो अवधिभित्रै भताभुङ्गको स्थितिमा पुगेको छ । सञ्चारकर्मबाट उदाएका रवि लामिछानेले २०७९ असार ७ गते रास्वपा घोषणा गरेका थिए । सोही वर्ष मंसिरमा भएको निर्वाचनमा २० सिट जितेर राष्ट्रिय दलको मान्यता पाएको रास्वपा अनेकन विवाद र काण्डमा फसेर खिइँदै आएको छ ।
रास्वपा अहिले कार्यवाहको भरमा चलिरहेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको मुद्दा दायर भएपछि कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोल प्रसाद अर्यालले पाएका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि नै कास्की प्रहरीको हिरासतमा छन् ।
त्यस्तै, रास्वपाको महामन्त्री र प्रवक्तासमेत कार्यवाहको भारमा छ । संस्थापक महामन्त्री एवं प्रवक्ता डा।मुकल ढकाललाई पार्टीले कारबाही गरेको थियो । अहिले कार्यवाहक महामन्त्रीको भूमिकामा कविन्द्र बुर्लाकोटी छन्, उनी सह–महामन्त्री हुन् । सह–प्रवक्ता मनिष झाले कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।
लामिछाने २ महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपनि उनले कसैलाई कार्यवाह दिएका थिएनन् । सर्वत्र आलोचना सुरु भएसँगै उनले डिपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । यसरी उत्साह र उर्जाका साथ उदायको रास्वपा आन्तरिक कलह र विभिन्न काण्डका कारण छोटो अवधिमै विकल्पहरुको हातमा पुगेको छ ।
प्रतिक्रिया