गायिका एलिना चौहानले अब उमेर पनि पाको बन्दै गएको भन्दै पहिले जस्तो मुखमा जे आयो त्यही बोल्न नहुने तर्क गरिन् ।
हालै, काठमाडौंमा आयोजित एक कार्यक्रममा एलिनाले आफूमा अब परिपक्कता आएको तर्क गरेकी थिइन् ।
तर, बोल्दै जादा उनको कुराकानी केटाकेटी गफ जस्तो सुनियो । एलिनाले कहिले मुखमा जे पायो त्यही त जवाफ आएको छ बोल्दिन भनेकी छिन् भने कहिले लाज लाग्यो भन्दै जवाफ दिएकी छिन् । उनी र केही मिडियाकर्मीको गफ बिहानै पँधेरोमा पानी भर्न गएका मानिसहरुको जस्तो सुनिन्छ ।
बोल्ने क्रममा एलिनाले आफूलाई बिहे नै भएको छैन जस्तो लाग्छ पनि भन्न भ्याइन् । कहिलेकाही कसैले भाउजु भन्यो भने अचम्म लाग्ने गरेको उनको तर्क थियो ।
अहिले सामाजिक संजालमा एलिनाको यही कुरा ट्रोल र भाइरल भएको छ । विशेषगरि, सामाजिक संजाल टिकटकमा एलिनाको यो जवाफमा थुप्रै भिडियोहरु बनेका छन् । अझ, विवाहित महिलाहरुका लागि टिकटक बनाउने नयाँ मसला मिलेको छ ।
बोल्दा सोचेर बोल्नुपर्छ भन्दा भन्दै एलिना फेरि चिप्लिएकी छिन् । एलिना मिडियामा आएर बोल्यो कि ट्रोलको शिकार बन्छिन् । एलिनाजी, अझै सोचेर बोल्ने उमेर नभएको हो कि के ?
प्रतिक्रिया