‘गोल्डेन नेपाली फिल्म अवार्ड’ अमेरिकामा सम्पन्न भएसँगै यसको चर्चा र आलोचना दुबै भइरहेको छ । उसो त, नेपाली फिल्मका अवार्डको विश्वसनियता हराएको लामै भैसकेको छ ।
अझ, विदेशा आयोजना हुने अवार्ड समारोहमा त जो कलाकार पुग्यो उसैलाई अवार्ड दिनुपर्ने नजिर स्थापित छ । जसकाकारण, विदेशमा आयोजना हुने अवार्ड समारोहले पनि नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा खासै भूमिका खेलेको देखिदैन ।
अमेरिकामा आयोजित अवार्ड समारोहमा नायक अनमोल केसीले ‘उत्कृष्ट नायक’को अवार्ड पाउँदा प्रदीप खड्काले ‘पपुलर नायक’को अवार्ड पाए । जेठमा ‘फर्की फर्की र पुजार सार्की’ रिलिज हुँदा देखिएको यी दुइको नायकको भिडन्त र चर्चा यो अवार्ड हुँदा पनि देखियो ।
यी दुबै फिल्मबाट दुबै नायकले निकै राम्रो तारिफ कमाएका थिए । ‘पुजार सार्की’लाई प्रदीपको अभिनयले नै धानेको चर्चा भयो भने ‘फर्की फर्की’मा अनमोल केसीले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको भन्दै तारिफ भयो । यसैले, यो अवार्ड सम्पन्न भएपछि यी दुई नायकमा ‘उत्कृष्ट’ को भन्ने बहस भइरहेको छ ।
कतिपयले अनमोल केसीलाई ‘उत्कृष्ट नायक’को अवार्ड दिनु गलत भएको तर्क गरिरहेका छन् । कतिपयले भने प्रदीप खड्काले यो अवार्ड पाउनुपर्ने तर्क गर्छन् । अनमोलले ‘पपुलर नायक’को अवार्ड पाउनुपर्ने विश्लेषण पनि धेरैको छ ।
एउटा कुरा के हो भने, अभिनयका हिसाबमा अनमोल भन्दा प्रदीप माथि छन् । तर, ‘फर्की फर्की’मा अनमोलले गरेको अभिनयलाई पनि कमजोर आँकलन गर्न मिल्दैन ।
प्रतिक्रिया