काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका ४ मा सोमबार(हिजो) दिउँसो चोरी भएको हो । पासिकोट आर्थर मार्गमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका ७ घर भएकी ४८ वर्षीया पम्फा रोक्काको कोठामा चोरी भएको छ ।
प्रहरीले उल्लेख गरे अनुसार नगद ५० हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, पुराना तामाका सिक्काहरू समेत गरी करिब ५ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया