काठमाडौं– पछिल्लो पाँच महिनामा नेपालमा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको हो ।
क्रिसमस ट्रि सबैभन्दा धेरै चीनबाट आयात गरिएको हो । ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट चीनबाट आयात भएको तथ्यांकमा उल्लेख छ । ३२ हजार रुपैयाँको २३९ थान कतारबाट , ११ हजार रुपैयाँको १२२ थान बहराइनबाट आयात भएको छ ।
यसैगरी हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको छ ।
प्रतिक्रिया