आँचल शर्मा फिल्मको प्रचारमा खुबै खट्न सक्ने नायिका हुन् । उनको यो बर्ष ‘डिग्री माइला र वर एण्ड वधु’ रिलिजमा आए ।
दुबै फिल्मले आँचललाई अपेक्षित खुशी भने दिन सकेनन् । तर, पनि आँचलको हातमा फिल्मको अभाव छैन ।
तर, आँचल आफ्नै एक फिल्मको बिषयमा भने कुरा गर्न चाहिरहेकी छैनन् । उनले अभिनय गरेको फिल्म ‘एक मुठ्ठी बादल’ हो, जुन फिल्मको बिषयमा उनी अहिले नै कुरा गर्न चाहन्नन् ।
केही दिन अगाडि मिडियासँगको कुराकानीमा आँचलले अहिले नै आफू यो फिल्मको बिषयमा बोल्न नचाहने बताइन् । आखिर किन त ?
आँचल भन्छिन्–‘यो फिल्म मेरा लागि विशेष छ । यो फिल्मको बिषयमा म मिडियासँग बसेर लामो कुरा गर्न चाहन्छु । यसैले, अहिले नै यो फिल्मको बिषयमा बोल्ने बेला आए जस्तो लाग्दैन ।’
आँचल यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । यसैले, अन्य कुराकानीको बिचमा यो फिल्मको बिषयमा उनी बोल्न चाहिरहेकी छैनन् । यो फिल्माबाट आँचलको कामको पनि सबैले खुलेरै तारिफ गर्नेछन् भन्ने चर्चा छ । यसैले पनि योफिल्मको बिषयमा बोल्न आँचल नहतारिएको हुनसक्छ ।
प्रतिक्रिया