पत्रकार सम्मेलनमा गोली चल्यो, दुईजना पत्रकारसहित तीनजनाको मृत्यु


काठमाडौं– हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एउटा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पत्रकार पनि रहेको बीबीसीले जनाएको छ ।

देशकै ठूलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा पत्रकार सम्मेलन भइरहेको थियो । त्यो अस्पताल विद्रोही समूहले कब्जामा लिएको थियो ।

विद्रोही समूहलाई हटाएर सरकारले अस्पताल खोल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पनि उपस्थित हुने कार्यक्रम थियो । तर स्वास्थ्यमन्त्री उपस्थित भएका थिएनन् ।

आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । क्यारेबियन देश हाइटी लामो समयदेखि द्वन्द्वको चपेटामा छ ।