चाडै नै छायांकनमा जान लागेको फिल्म ‘जन्ते बाख्रो’को टिममा नयाँ नयाँ अनुहार भित्रिएका छन् । सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन् । उनी बाहेक अन्य कलाकारहरु नयाँ छन् ।
दुई वटा फिल्ममा काम गरिसकेपनि नायिका गरिमा शर्मा यो क्षेत्रमा स्थापित भइसकेकी छैनन् । यो फिल्ममा उनी मुख्य नायिकाको रुपमा देखिदैछिन् ।
प्रदीप भारद्धाजको लेखनमा तयार हुन लागेको यो फिल्ममा रुसा न्यौपाने, स्नेहा जोशी, कुशल गजमेर लगायतका नयाँ अनुहार छन् ।
‘बिहे पास’मा काम गरेपनि रुसाको करिअर सुखद बनिसकेको छैन । स्नेहा र कुशल फिल्म क्षेत्रका लागि नयाँ नाम हुन् ।
यसरीहेर्दा, सौगात मल्ल बाहेक अधिकांश कलाकार यो फिल्ममा नयाँ र यो क्षेत्रमा परिचित हुँदै गरेका छन् ।
यसले, यो टिमले नयाँ अनुहारमाथि बढी भरोसा गरेको देख्न सकिन्छ । फिल्ममा आसिफ शाह, लोकेन्द्र लेखक र विशाल पहारी जस्ता नाम चलेका कलाकार पनि छन् ।
तर, पुराना कलाकारहरुले मेकरलाई दुःख बढी दिने गरेको गुनासोहरु सुनिरहेको समयमा ‘जन्ते बाख्रो’ टिम भने नयाँ अनुहारलाई लिएर छायांकनमा जाँदैछ ।
प्रतिक्रिया