८१ वर्षीय बुबाले गरे कुलप्रसाद र प्रवीणको अन्त्येष्टि


काठमाडौं– आफ्नै छोरा र दाइबाट हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको अन्त्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए । उनीहरुको मंगलबार राति अन्त्येष्टी गरिएको हो ।

मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए । दाहसंस्कारपछि षडानन्द र कुलप्रसादकी पत्नी रेजिना नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् ।

कुलप्रसाद र प्रवीणको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनले गरेका हुन् । आफैँले बुबा र भाइको हत्या गरेको भन्दै मिलनले मंगलबार आत्मसमर्पण गरेका थिए । शनिबार राति मिलन आफैंले पकाएको मासु भात खाएर उनीहरु सुतेका थिए । उनीहरु सोमबार विहान मृत फेला परेका हुन् । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाईको हत्या गरेका हुन् ।