काठमाडौं– काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन्। उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो।
स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरु सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया