कजाकस्तानमा दुर्घटनामा परेको जहाजबाट २५ जनाको जीवितै उद्धार


कजाकस्तानको आक्टाउ शहरमा बुधबार भएको विमान दुर्घटनामा परेकामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । चालक दलसहित ६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज अजरबैजानको बाकुबाट रुसको चेचन्याको ग्रोज्नीका लागि उडेको थियो ।

तर, अधिक कुहिरोका कारण बाटो बदलेको जहाज कजाकस्तानको आक्टाउ शहरमा दुर्घटनामा परेको थियो । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लगिएको छ।

दुर्घटनामा परेको एम्बरार १९० जहाजमा ६२ जना यात्रु र ५ जना चालक दलका सदस्य सवार रहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।