६९ वर्षको उमेरमा बसबरिया ३ का वडाध्यक्षको निधन


काठमाडौँ- सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको मुत्यु भएको छ। क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको छ ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको बताए।