काठमाडौँ- रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षीय सागर थापा हुन् ।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया