काठमाडौँ- नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला छ सय रूपैयाँले बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ १५ रूपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला एक हजार आठ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको छ।
प्रतिक्रिया