आज पनि रबि लामिछानेको बयान हुदै, कस्तो आउला त फैसला


सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान आज पनि जारी रहने छ ।
जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको बयान अन्तरगत लामिछानेको बयान हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए। आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने जनाइएको छ ।

प्रहरीले आइतबार रवि सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला र्र्पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङ सहित ३१ जना विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।