काठमाडौँ-नेपालका विभिन्न खानी क्षेत्रमा खानी उत्खनन गर्दा प्रायः दुर्घटनाहरू हुने गरेका छन्।यस्ता घटनाहरू सामान्यतया खानीको सुरक्षामा कमी, अव्यवस्थित कामका कारण, अनि खानीमा काम गर्ने स्थानको संरचनामा कमजोरीका कारण हुने गर्छ। ढुंगा खानी गर्दा खानीको पर्खाल र साइडहरू कमजोर हुनु, माइनिङ उपकरणहरूको उचित मर्मत नहुनु, र कामदारहरूको सुरक्षा उपायहरूको अभाव यस्ता दुर्घटनाहरूको प्रमुख कारण हुन सक्छ।
यसैबिचमा सल्यानमा घर बनाउनका लागि खानीबाट ढुंगा निकाल्दै गर्दा खसेको ढिस्कोले च्यापिएर शुक्रबार एक जनाको मृत्यु भएको हो । कुमाख गाउँपालिका–७ सानी जिमाली बस्ने ४४ वर्षीय पोथे बोहराको मृत्यु भएको छ ।
घरदेखि केही टाढा पर्ने डाङ्गर पुज्ने डाँडास्थित सामुदायिक वनमा रहेको खानीबाट ढुंगा निकाल्दै गर्दा माथिबाट ढुंगासहित खसेको ढिस्कोले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केसरकुमार न्यौपानेका अनुसार स्थानीय राकेश जैसीले घटनाको बारेमा जानकारी गराएपछि शुक्रबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय थारमारेको टोली घटनास्थलमा पुगेर ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ भने घटनाको थप अनुसन्धान भने भइरहेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया