नखिपोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


ललितपुर १२ पुस, नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमितिको आयोजना आज शुक्रबार नखिपोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्म जयन्ती र १०० दिने बिशेष अभियानको अवसरमा कांग्रेसको वडा नं.१४ कार्यसमिति निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
प्रिसिजन डाईनोस्टिकको सहकार्यमा भएको शिविरमा नाक, कान, घाँटी, मधुमेह, प्रेसरलगायतका समस्याहरुको चेकजाँच गरिएको हो ।
स्वास्थ्य शिविरको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले यो रचनात्मक काम भएको बताउनुभयो । उहाँले यस्ता कार्यहरूले नेपाली कांग्रेस मत माग्ने मात्रै हैन, जनताको सरोकारसंग पनि प्रत्यक्ष रुपमा जोडिन्छ भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले विपदका समयमा पनि पार्टीका साथीहरूले उत्कृष्ट काम गर्नुभएको छ भन्दै योगदानको प्रशंसा गर्नुभयो ।
वडा अध्यक्ष तथा पार्टीका वडा सभापति अमृतजंग महतले व्यक्तिका खराव कामका कारण पार्टीमा बितृष्णा बढ्दै गएको अवस्थामा सुधार गर्दै नागरिक, समाज र पार्टीलाई एकताबद्ध गराउने अभिप्रायले यो सामाजिक काम गरेको बताउनुभयो । उहाँले वडा तहमा पार्टीलाई सुदृढीकरण गरेर संगठन राम्रो बनाउने बताउनुभयो। शिविर बिहान ८ः०० देखि दिउँसो १ः०० बजेसम्म सञ्चालन भएको थियोे । –––