भाँचिएको खुट्टामा अप्रेसन गर्नुपर्ने ठाउँमा गल्तीले अर्को खुट्टाको भयो अप्रेसन


काठमाडौँ- डाक्टरले भाँचिएको खुट्टामा अप्रेसन गर्नुपर्ने थियो, तर गल्तीले दायाँ खुट्टामा अप्रेसन भएको हो। यस्तो घटनामा मेडिकल मिस्टेक वा असावधानी हुन सक्छ, जसलाई चिकित्सक र अस्पतालले ध्यान दिनुपर्ने कुरा हो।

भारतमा चिकित्सकको लापर्बाहीको एउटा घटना प्रकाशमा आएको हो । उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एउटा अस्पतालमा बिहीबार भुइँलादेवी नाम गरेकी महिला बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् । चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन भने आश्चर्यचकित भएका छन् । किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको छ ।

छोरा सुरेश प्रजापतिका अनुसार बायाँ खुट्टा भाँचिएको थियो तर डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका छन् । परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको जनाएको छ ।

अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन रहेको भारतीय सञ्चारमाध्यमले बताए । अस्पताल प्रशासनले भने चिकित्सकको लापर्बाही नभएको तर्क गरेका छन् । अस्पताल सञ्चालक डा। आशुतोष श्रीवास्तवका अनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ । दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका हुन् ।