काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवहाक सभापति डिपि अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो।
सचिवालय बैठकमा पछिल्लो समय देशका भइरहेका राजनीतिक तथा आर्थिक गतिविधि, पार्टीका सभापतिविरुद्ध राज्यले साँधेको प्रतिशोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले सिधाकुरालाई बताए ।
बैठकमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ लगायत नेता उपस्थित छन् ।
प्रतिक्रिया