काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) मा महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् । आज (शनिबार) संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको र अब ओली अध्यक्षको जिम्मेवारीबाट बाहिरिँदा नै पार्टीको हित हुने बताएका हुन् ।
ओलीले भीम रावललाई प्रतिशोधपूर्ण व्यवहार गरेर पार्टीबाट निकालेको भुसालको बुझाइ छ । ओलीका नजरमा एमालेभित्र उनका शुत्र र चाकर दुईखाले मान्छे रहेको नेता भुसालको टिप्पणी छ । नेता भुसालले पार्टीभित्र रहेर ओलीको चाकरी नगर्ने मान्छेलाई उनले शत्रुको व्यवहार गर्ने गरेको भुसालले बताए । महासचिव भुसालले चाकरी नगरेकै कारण ओलीले रावललाई पार्टीबाट निकालेको दाबी गरे ।
प्रतिक्रिया