काठमाडौँँ- आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। यस अघि शुक्रबारको दिन यो मूल्य १ लाख ५० हजार ७ सय रूपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १ हजार ७ सय ९० रूपैयाँ प्रतितोला छ, जबकि शुक्रबार यो १ हजार ८ सय १५ रूपैयाँ प्रतितोला थियो। यसरी, चाँदीको मूल्य २५ रूपैयाँ घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया