शनिबार साँझ इनारमा डुबेर बालिकाको मृत्यु


काठमाडौँ- ललितपुरमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ गोदावरी नगरपालिका १३ झरूवासीमा सुर्खेतका सन्तोष डाँगीकी ६ वर्षीया छोरी आरती इनारमा खसेको प्रहरीले बताए ।

प्रहरीका अनुसार बालिकालाई इनारबाट झिकेर पाटन स्वास्‍थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो भने त्यहाँ उपचारको क्रममा मृत्यु भएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।