चरा ठोक्किएपछि हेली एभरेस्टको हेलिकोप्टर साँगामा आकस्मिक अवतरण


लुक्लाबाट काठमाडौं आइरहेको हेलि एभरेस्ट प्रालिको हेलिकप्टरमा चरा ठोक्किएको छ।

आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिएका छन् ।

हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको शेर्पालेजानकारी दिएका हुन् ।

उक्त हेलिकप्टरमा ५ जना विदेशी यात्रु र पाइलट रहेको शेर्पाले बताएका छन् । उनीहरु सबै सकुशल रहेको तथा हेलिकोप्टर चेकजाँच भइरहेको र अन्य कुनै क्षति नभएको उनको भनाई  छ ।