मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु


काठमाडौँ- मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले थलाराएको अवस्थामा, गाउपालिका ९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीका अनुसार यो घटना शनिबार दिउँसोको हो र वर्षाका कारण कच्ची सडकबाट ढुङ्गा खस्न सक्ने अनुमान गरिएको छ। मृतक पच्चकला जोशी मालुमेला गाउँबाट दिउँसो आफ्नै घर आमवगर जाँदै थिइन्। घटनास्थल विद्यालयबाट करिब ५र७ मिनेटको पैदल दुरीमा पर्ने भएकोले तत्कालै मद्दत पु¥याउन कठिनाई भएको अनुमान गरिएको छ।