पोखरामा आइतबारबाट शुरु भएको दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु


काठमाडौँ- पोखरामा आइतबारबाट शुरु भएको दोस्रो ड्रागन बोट रेस प्रतियोगिता चीन र नेपालबीचको खेलकुद सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण अवसर बनिरहेको छ। प्रतियोगिता चीनको दूतावासको मुख्य आयोजनामा, साथै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहआयोजनामा सम्पन्न हुँदैछ। यसमा नेपालका ११ टोली, चीनका ८ टोली, र सिंगापुरको १ टोली मिलाएर कुल २० टोलीको सहभागिता रहेको छ।

सन् २०२५ मा चीनले नेपाललाई भ्रमण वर्षको रूपमा घोषणा गर्ने निर्णय गरेको छ, जसका कारण नेपालमा चिनियाँ पर्यटकहरूको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ। ड्रागन बोट रेसजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले पोखरा र नेपालका अन्य पर्यटकीय स्थलहरूको आकर्षणलाई अझ बढावा दिन्छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि यस प्रतियोगिताबाट विभिन्न देशका पर्यटकहरूको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगितामा ५ सय मिटर र २ सय मिटर दूरीका रेसहरू हुनेछन्। प्रत्येक विधामा प्रथम हुने टोलीलाई ५र५ हजार डलर पुरस्कार दिइने छ। दोस्रो र तेस्रो स्थानका टोलीहरूलाई क्रमशः २ हजार र १२ सय डलर पुरस्कार दिइनेछ। सबै सहभागीलाई ५र५ सय डलर प्रोत्साहन पुरस्कार दिइनेछ। कुल पुरस्कार रकम २५ हजार डलर हुनेछ, र प्रतियोगितामा २०० भन्दा बढी खेलाडी र प्राविधिकहरूको सहभागिता रहने छ।

उद्घाटन कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने कुरा उल्लेख गरेका छन्, भने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु थापाले यो फेस्टिभल चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगितामा चिनियाँ खेलाडीहरू पहिलो दिनको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका छन्। यस प्रतियोगिताले पोखरा र नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद र पर्यटनको मञ्चमा एक प्रमुख स्थानमा पुर्याउने अपेक्षा गरिएको छ।