आज पनि सुन र चाँदीको मूल्यमा वृद्धि


काठमाडौँ- नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको तुलनामा ४ सय रूपैयाँले बढेको हो। आइतबार यसको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रूपैयाँ थियो।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको १ हजार ७ सय ९० रूपैयाँको तुलनामा ५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा, सुनको मूल्य प्रति औंस २,६२३ अमेरिकी डलरको स्तरमा कारोबार भइरहेको छ।