काठमाडौँ- चलचित्र पत्रकार संघले हालै सम्पन्न गरेको पाँचौँ पूर्ण बैठकमा १३ बुँदे घोषणापत्र जारी गरेको छ। यस घोषणापत्रमा विभिन्न मुद्दाहरू उठाइएको छ, जसले चलचित्र पत्रकारिता र नेपाली चलचित्र उद्योगका विभिन्न पक्षहरूमा सुधार ल्याउने उद्देश्य राख्छ। यहाँ घोषणापत्रका मुख्य बुँदाहरू प्रस्तुत छन्
चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणस् संघले चलचित्र पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्ने निर्णय गरेको छ। साथै, कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्था गर्न सम्बन्धित पक्षसँग सहकार्य र सहयोग गर्ने अपिल गरिएको छ।
चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना चलचित्र पत्रकारिता पेसामा जिम्मेवारिता र प्रोत्साहन बढाउन कोष स्थापना गरिएको छ। यसका लागि च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न अपिल गरिएको छ।
व्यावसायिक पत्रकारिताको मर्यादा र जिम्मेवारीस् चलचित्र पत्रकारितामा देखिएका विकृतिहरू हटाउँदै, मर्यादित र जिम्मेवार पत्रकारिता गर्ने अनुरोध गरिएको छ।
विट पत्रकारिता र यसको संरक्षण विट पत्रकारिताको समस्या सम्बोधन गर्न र यसलाई प्रवर्धन गर्न विशेष योजनाहरू बनाई कार्यान्वयन गर्न माग गरिएको छ।
अनलाइन पत्रकारिता र लोक कल्याणकारी विज्ञापनस् अनलाइन पत्रिका र बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न माग गरिएको छ। साथै, चलचित्र पत्रकारिता गर्ने स्वरोजगार मिडिया संस्थाहरूलाई संरक्षण गर्ने अनुरोध गरिएको छ।
चलचित्र ऐनको प्रस्तावित सुधारस् स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकासका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुने गरी तत्काल ल्याउन माग गरिएको छ।
सिनेमा पर्यटनको प्रवर्धनस् नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्धनका लागि प्रभावकारी कार्यक्रमहरूको आयोजना गर्न सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
नेपाली चलचित्रको प्रवर्धनस् नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहन र प्रचार गर्ने माग गरिएको छ।
श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि विशेष माग गरिएको छ।
चलचित्र पत्रकार सङ्घ नेपाललाई आर्थिक सहायता चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन माग गरिएको छ।
रियल टाइम बक्स अफिस र रिपोर्टस् नेपाली चलचित्रको रियल टाइम बक्स अफिस प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न र बक्स अफिस रिपोर्टलाई सार्वजनिक गर्न अनुरोध गरिएको छ।
सिनेमा पर्यटनको प्रवर्धनस् चितवनको पर्यटकीय क्षेत्रलाई नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न र स्थानीय सरकारलाई सहुलियत प्रदान गर्न माग गरिएको छ।
सङ्घका सबैको सहयोगको कदरस् पाँचौँ पूर्ण बैठक र शाखा अध्यक्षहरूको भेलामा सहयोग गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।
प्रतिक्रिया