मकवानपुरमा बाघको आक्रमणले एकै दिन ७ वटा बाख्राको गयो ज्यान


काठमाडौँ- मकवानपुरको मनहरीमा बाघको आक्रमणले एकै दिन ७ वटा बाख्रा र एक जनाको ज्यान लिएको छ । आइतबार साँझ र सोमबार बिहान बाघले क्रमशः बाख्रा र मानिसमाथि आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, ५ बजेको समयमा मनहरी गाउँपालिका ५ वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरबाट ७ वटा बाख्रा मरेको थियो। बाघले खोरमा रहेका बाख्राहरूमध्ये एकलाई जङ्गलतर्फ लैजान सफल भएको जनाएको छ।

यसअघि, बाघले ७२ वर्षीया कान्छीमाया रुम्बालाई बारीमा घाँस काट्दै गर्दा आक्रमण गरेको थियो, जसबाट रुम्बाको घटनास्थलमै मृत्यु भएको छ। बाघको आक्रमणपछि प्रहरी र स्थानीय प्रशासनले बाघलाई नियन्त्रणमा लिन कडा कदम उठाएका छन्।

बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती, सेनाको टोली, र चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटाइएको छ।