सहपाठीको हत्या गरेको आरोपमा दुई किशोरलाई आजीवन कारावास


काठमाडौँ- चीनको एक अदालतले १३ वर्षका दुई किशोरलाई सहपाठीको हत्या गरेको आरोप सजाय सुनाएको छ। २०२३ मार्चमा हपेई प्रान्तमा भएको यो क्रूर हत्या घटनामा १३ वर्षका झाङ र ली थर भएका किशोरहरू दोषी ठहरिएका छन्। अदालतका अनुसार, यी किशोरहरूले वाङ नामका सहपाठीलाई मारेर उनका साथमा रहेको पैसा आपसमा बाँड्ने षड्यन्त्र गरेका थिए।

झाङ र ली ले वाङलाई साबेल प्रयोग गरेर पिटेर हत्या गरेका थिए र त्यसपछि लावारिस अवस्थामा ग्रिन हाउसमा पुरेर माटोले पुरिदिएका थिए। यसै क्रममा, झाङले वाङको मोबाइल फोनको पैसा आफ्नो एकाउन्टमा ट्रान्सफर गरेका थिए, र फोन फुटाएर फालिदिएका थिए। प्रहरीको अनुसन्धानपछि यो घटनामा संलग्न तीनै किशोरहरूको पहिचान भएको थियो, र मा नामका तेस्रो किशोरलाई अदालतले कुनै सजाय भने सुनाएको छैन।

अदालतले झाङलाई आजीवन कारावासको सजाय र लीलाई १२ वर्षको जेल सजाय सुनाएको छ। भने मा नामका किशोरलाई सुधार गृह पठाउने निर्णय गरिएको छ।

यो घटनाले सर्वसाधारणको आक्रोश र चिन्ता बढाएको थियो, विशेष गरी वाङलाई लामो समयसम्म सहपाठीहरूले सिध्याउने गरेको र उनलाई परिवार र वकिलको अनुसार शारीरिक र मानसिक यातना दिइरहेको अवस्थामा रहेको कुरा सार्वजनिक भएको छ।