सुनवलबाट लागूऔषधसहित दुई जना पक्राउ


काठमाडौँ- पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्। प्रहरीले सुनवल नगरपालिका(२ स्थित भित्री सडकमा जाँच गर्दा २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषधहरू बरामद भएका छन्, जसमा निम्न सामाग्री समावेश छन् । नाइट्रोभेट ५,३१० ट्याब्लेट,फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल, ब्रुपोनोरफिन १ सय ९० एम्पुल, स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।