काठमाडौं । एमालेबाट निस्कासित पूर्व उपाध्यक्ष डा भीम रावलले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । रावलले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की बैंकटमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
रावल यतिबेला नयाँ पार्टी खोल्ने तयारीमा छन् । उनी एमालेलगायत विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया