‘कुस्ती’मा धिरज र मिरुनाको जोडी



कलाकार बुद्दि तामाङ अब निर्माता बन्ने भएका छन् । फिल्म ‘कुस्ती’को निर्माण घोषणा गर्दै बुद्दि अब निर्माता भएका हुन् । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने यो फिल्ममा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा देखिदैछन् ।

सार्वजनिक पोस्टरमा धिरजले पिंक लाइट पहिरन लगाएका छन् भने मिरुनाले लाइट ग्रीन पहिरन लगाएकी छिन् । फिल्ममा बुद्दि तामाङको पनि अभिनय रहने पक्का भएको छ ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्ममा एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । योञ्जनले भने–‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने प्रसाय हाम्रो रहनेछ ।’

यो फिल्मले छुटिन नसक्ने तर सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा बन्छ । यो फिल्मलाई आउँदो बर्षको भदौमा रिलिज गरिने निर्माणपक्षले बताएको छ ।