काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय सहमतिमा भ्रष्टाचारको फाइल खोल्ने प्रस्ताव अगाडि सारेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचारको विषयमा एकले अर्कोलाई खुइल्याउने र धम्क्याउने प्रवृत्ति बढेको भन्दै दलीय सहमतिमा कुन–कुन फाइल खोल्ने भन्ने निर्णय गर्न प्रस्ताव गरेका हुन् । ‘एकदिन सबै दलका सबै नेता बसेर एउटा बैठक राखौं र कुन–कुन फाइल खोल्ने निर्णय गरौं,’– महामन्त्री थापाले भने ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी उक्त बैठकमा गगनले फाइल खोल्ने कुराले जनता आजित भइसकेको बताए । उनले भने, ‘कसैले म फलानो फाइल खोल्दिन्छु भन्ने, कसैले मैले फाइल खोल्न लागेकाले यस्तो भयो भन्ने, यो फाइलका कुराले जनता आजित भइसके ।
प्रतिक्रिया