भ्रष्टाचारको फाइल खोल्ने विषयमा प्रचण्ड र गगनबीच सवालजवाफ


काठमाडौं, १८ पुष । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच सवालजवाफ भएको छ । बैठकको सुरुमा प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारको फाइल खोल्न थालेपछि सरकार नै ढलेको प्रसंग निकालेका थिए ।

लगत्तै गगन थापाले अब भ्रष्टाचारको फाइलको कुरा गरेर एकले अर्कोलाई तेर्साउने काम बन्द गर्नुपर्नेमा जोड दिएका थिए । थापाले बरु कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु एक ठाउँमा बसेर अहिले चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डको फाईल अघि बढाउन सहमति गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा प्रचण्डको नाम मुछिएको नुवाकोटको शेरा दरबारको विषयमा पनि प्रश्न उठेको थियो । जसमा दाहालले आफ्नो नाम जोडेर समाचार आएको शेरा दरबारको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न भनेका छन् ।